झापा,१५ भदौ । नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकहरूमा ३ जना महिला र ४ जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।
मन्त्रालयका अनुसार महोत्तरीकी ४ वर्षीया बालिकासहित गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।
त्यसैगरी झापाका ८६ वर्षीय, रौटहटका ४० वर्षीय , चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीया पुरुषको कोरोना संक्रमणले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

