adv

काठमाडौँ महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौँ,१५ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
महानगरका प्रेस सल्लाहकार मोहन बास्तालाले मेयर शाक्यलाइ संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रेस सल्लाहकार वास्तोलाका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पतिले आइतबार ग्रान्डी अस्पतालमा स्वाब दिएका थिए। उनकी पत्नीलाइ भने कोरोना संक्रमण देखिएको छैन।
लक्षण नदेखिएकाले मेयर शाक्य अहिले होम आइसोलेसनमा बसेका छन्।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु