adv
Advertise Expired !

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौँ,१५ भदौ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ।

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् । उनले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् ।

पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका थिए ।

पूर्वराष्ट्रपति मुखर्जीले आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए । भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । उनलाई अगस्ट १० मै दिल्लीस्थित आरआर अस्पताल भर्ना गरिएको थियो ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु