adv

नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुग्यो

झापा,१६ भदौ Ι नेपालमा कोरोना संक्रमितको कुल संख्या ४० हजार ५२९ पुगेको छ Ι स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ६९ जना नयाँ संक्रमित थपिए संगै कुल संख्या ४० हजार ५ सय २९ पुगेको हो Ιजसमा कोरोना पुष्टि हुनेमा ३४४ महिला र ७२५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९३, ललितपुरका ५८, भक्तपुरका ३०, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका २, झापाका १४, पाँचथरका १, मोरङका १२, सुनसरीका ५६, धनुषाका १, पर्साका २, बाराका ११, महोत्तरीका २, रौतहटका ५, सप्तरीका १, सर्लाहीका १९, काभ्रेका ८, चितवनका ४५, दोलखाका ११, धादिङका ११, नुवाकोटका २, मकवानपुरका ६, रसुवाका १, रामेछापका २ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै सिन्धुलीका ६, कास्कीका ४, गोर्खाका ८, तनहुँका ५, नवलपरासी पूर्वका १५, पर्वतका १, लमजुङका ३२, अर्घाखाँचीका ९, कपिलवस्तुका ७, गुल्मीका १३, दाङका १३, नवलपरासीका ४, पाल्पाका १, प्यूठानका १, वर्दियाका ७, बाँकेका ३३, रुकुमका १, रुपन्देहीका ९१, जुम्लाका २, दैलेखका २, सुर्खेतका १, सल्यानका १, अछामका १३, कञ्चनपुरका ४, कैलालीका २०, डडेल्धुराका २, डोटीका २४, बझाङका ४० तथा बैतडीमा १२ जना संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७६८ जना कोरोना संक्रमितको डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण गरिएको छ। देशभर संक्रिय संक्रमित १८ हजार १ सय १२ रहेकाे छ।

देशभर क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु