
झापा,१६ भदौ Ι झापामा आज मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ Ι
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार संक्रमितहरु दमक नगरपालिकाक ९ जना ,गौरीगन्ज गाउँपालिकाका १ जना र बाह्रदशी गाउँपालिकाका ४ जना रहेका छन् Ι
दमकका वार्ड न: ९,५,२,३ र ६ का ३ महिला र ६ पुरुष रहेका छन् त्यस्तै गौरीगन्ज गाउँपालिकाका वडा न : १ का १ जना पुरुष र बाह्रदशी गाउँपालिकाका वडा न :१,५ र ७ का १ महिला र ३ जना पुरुषहरु रहेका छन् Ι
बाह्रदशी गाउँपालिकाका ४ जना संक्रमितहरु कोरोनाका पुराना बिरामीहरु भएको चौंलागाईंले जानकारी दिए Ι
चौंलागाईंका अनुसार आज संक्रमितहरु सबै जना स्थानीय बासिन्दाहरु हुन् Ι

