झापा,१६ भदौ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको हो।
महाेत्तरीमा ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुषसहित दुई जना, सिरहाका ६५ वर्षीय पुरुष, पर्साका ५३, ८० र ६० वर्षीय पुरुष गरी तीनजना, बाराका ६० वर्षीय पुरुष, चितवनका ५२ वर्षीय पुरुष, काठमाडाैँका ३५ र ७० वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ।

