adv

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड प्रकरण, अख्तियारमा उपस्थित हुन मिश्रलाई निर्देशन

काठमाडौं, १७ भदौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाई गरेको अडियो बाहिरिए पछि सर्वत्र चर्चाको विषय बनेको थियो । सो अडियो सार्वजनि भए पछि तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका थिए ।

सो अडियोमा संचारमन्त्री गोकुल बास्कोटा स्वयमले मोलमोलाई गरेको सुन्न सकिन्छ । तर, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ ।

सार्वजनि भएको उक्त अडियो मिश्रले नै गोप्यरुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको जनाएको छ ।

अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ ।

तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु