adv

किरावि संघ इलामद्वारा इलामका संचार संस्थालाई स्वास्थ्य सामग्री वितरण

इलाम किरात राई विद्यार्थी संघले विभिन्न कार्यक्रम गरि २२ औं स्थापना दिवस मनाईएको छ । केन्द्रीय समिति र जिल्ला समितिले शुभकामना आदानप्रदान, अन्तरक्रिया तथा स्वास्थ्य सामग्री वितरण गरेर स्थापना दिवस मनाएका छन् ।

यसै क्रममा किरात राई विद्यार्थी संघ इलामले जिल्लाका संचारसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बुधबार सदरमुकामबाट संचालित संचारसंस्थालाई सर्जिकल माक्स र सेनिटाइजर वितरण गरेको हो ।

किराई राई यायोक्खाका केन्द्रीय सचिव कृष्णकुमार खालिङ राई र किरात राई विद्यार्थी संघका केन्द्रीय सहकोषाध्यक्ष रोशन राईको उपस्थितीमा संघले स्वास्थ्य सामग्री वितरण गरेको हो ।

संचारकर्मीहरुलाई विश्व महामारी कोरोना भाइरस (कोभिड १९) को जोखिम नहोस् भनेर सामाग्री वितरण गरिएको किरात राई विद्यार्थी संघ इलामका अध्यक्ष अन्वेश थुलुङले बताए ।

संक्रमणको जोखिम रहेको इलामका रेडियो, अनलाइन र स्थानीय पत्रपत्रिकाका संचारकर्मीहरु जोखिम मोलेर खबर संकलन गरिरहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु