मेचीनगर ,१७ भदौ । झापाको मेचीनगरमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरू कांकरभिट्टाको ३ वटा होटलको क्वारेन्टिनमा बसेका ३ जना पुरुषहरू हुन् ।
भारतबाट आएका उनीहरुमध्ये २ जना मेचीनगर–६ का हुन् भने १ जना लहान जिल्लाको रहेको बुझिएको छ ।
उनीहरू तीनै जनालाई धाइजनको आइसोलेसन वर्डामा पठाइएको छ ।
उनीहरुको भदौ १४ गते स्वाबको नमुना संकलन गरेर धरानको कोभिड अस्पतालको प्रयोगशाला पठाइएको थियो ।
योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।
र आज मेचीनगरका २ जना संक्रमित मेची प्रादेशिक अस्पताल भद्रपुरबाट निको भएर घर फर्किएका छन् । निको हुनेमा १ महिला र १ जना पुरुष छन् ।
यससँगै कोरोना निको भएर घर फर्किने मेचीनगरमा १०४ भए ।

