
झापा १७ भदौ । झापामा आज बुधवार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार संक्रमितहरु कमल गांऊपालिकाका वडा न: ३ का ३ महिला र ३ पुरूष,मेचीनगर वडा न: ६ का ३ पुरूष,विर्तामोड वडा न: ५ र ६ का १ महिला र २ पुरूष। हल्दिवारी वडा न ५ का १ महिला र गौरीगन्ज वडा न: २ का १ पुरूष रहेका छन् ।
संक्रमितहरू कमल र हल्दिवारीका स्थानिय वासिन्दा हुन् भने अन्य भारतबाट आएका हुन् ।
योसंगै झापामा कोरोना संक्रमितको संख्या ६०४ पुगेको छ !

