adv
Advertise Expired !

खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० हुने

सिक्किम, ३ सेप्टेम्बर । सुखिम याक्थुङ साम्लो सजुम र सिक्किम लिम्बू गायन समाजले  खुल्ला अनलाइन ताःम्के सिंगिङ कम्पिटिसन २०२० गर्ने भएको छ ।

लोप हुन लागेको ताःम्केको  जगेर्ना  गर्नको लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । ताःम्के लिम्बू जातिभित्र मेलापातमा रहँदा गाइने एक लोकगीत हो ।

अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ र, चल्दै गरेको हाक्पारे र ख्यालीको अनलाइन प्रतियोगितापश्चात सिक्किमबाट ताःम्केको अनलाइन प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगीहरुले सेप्टेम्बर ३० सम्म ताःम्के गाइएको भिडियो ह्वाटसप् न  ००९१-९७३३३९३९८८ र ००९१-८४३६७०८८९६ र इमेल आइडी [email protected] मा पठाउनुपर्नेछ । जसलाई १० दिनसम्म अनलाइनमार्फत आएको लाइक, सेयर र हेरिएको गणना गरिनेछ ।

दोश्रो चरणमा प्रवेश गरेकालाई २० अक्टोबरसम्म पठाइसक्नुपर्ने र त्यसलाई पनि १० दिन सम्म अनलाइनमार्फत आएका मतलाई सुरक्षित गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी फाइनलमा प्रवेश गर्ने प्रतियोगीहरूले नोभेम्बर ५ सम्म आफ्नो भिडियो पठाउनुपर्नेछ । प्रतियोगिताको निर्णय प्रक्रिया निर्णायकको मतलाई ६० र सामाजिक सञ्जालको ४० प्रतिशत रहेको छ ।

फाइनल प्रतियोगीहरूको अन्तिम नतिजा दीपावलीको पहिलो दिने घोषणा गर्ने भएको छ । उक्त भिडियोहरू ओपेरा इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम ४० हजार रूपैया, दोश्रो पुरस्कार २४ हजार रूपैया र तेश्रो पुरस्कार १६ हजार रूपैया राखिएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु