विर्तामाेड । झापाकाे विर्तामाेड नगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।

नगर प्रमुख ध्रुबकुमार शिबाकोटीको अध्यक्षतामा तथा प्रदेश सांसद एकराज कार्कीकाे प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक कार्यकममा चालू आर्थिक वर्षका लागि १ अर्ब १५ करोडको बजेट सार्वजनि गरेकाे छ ।
बार्षिक नीति निती तथा कार्यक्रम र बजेट उप प्रमुख पबित्रा महताराले पाचौं नगर सभामा प्रस्तुत गरेकी थिइन । सो बजेट तथा नीति कार्यक्रम छलफल पश्चात् पारित गरिएको हो ।
नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद एकराज कार्की, नगर प्रमुख शिबाकोटि, नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाइ, नेपाली काङ्ग्रेस नगर सभापती भोजराज सिटौला लगायले मन्तव्य राखेका थिए ।

यसैबीच अढाइ बर्स अघिदेखि विर्तामोडमा कार्यरत प्रमुख प्रसासकिय अधिकृत पशुपति खतिवडाको अनिवार्य अबकास पछी बिदाइ गरिएको छ । नगरले एक कार्यक्रमको आयोजना गरि खतीवडाको बिदाई गरिएको नगरपालिकाका सुचना अधिकृत जय तिम्सिनाले बताए ।

