adv

पुरुषको हत्या गरि टाउको लिएर युवक प्रहरी कार्यालय पुगे

धादिङ । धादिङमा एक युवकले एक जना पुरुषको हत्या गरेर टाउको लिएर प्रहरी कार्यालय पुगेका छन। जिल्लाको निलकण्ठ नगरपालिका वार्ड नं १३ मा बिहीबार राति हत्या गरिएका र हत्या गर्ने दुई पुरुषबीच विवाद उत्पन्न भएको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीका अनुसार खलचेतका २६ वर्षीय राजु परियार राति सवा एक बजे हत्या गरिएका पुरुषको टाउको र खुर्पा बोकेर प्रहरी कार्यालयमा पुगेका थिए।

एक हातमा झोलामा ती पुरुषको टाउको र अर्को हातमा खुर्पा लिएर परियार प्रहरी कार्यालय पुगेका हुन्। उनले सोही स्थानका ६५ बर्षिय सोमबहादुर गुरुङको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको र मृतक शव पोस्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु