adv

दमक अपडेटः समुदायस्तरमा ५ जनामा कोरोना संक्रमण

दमक, १९ भदौ । झापाको दमक नगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज आएको रिपार्टमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दमक नगरपालिका क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यसचिब कुबेरप्रसाद भट्टराईका अनुसार एक सय ४४ जनाको रिपोर्टमा ५ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

दमकबाट पठाइएका एक सय ४८ जनाको स्वाबको पीसीआर परिक्षणमा अहिले सम्म एक सय ४४ जनाको रिपोर्ट आएको हो बाँकी ४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा ३ महिला र २ पुरुष रहेका छन् । जसमा वडा नम्बर ६ का २९ वर्षीय र ४५ वर्षीय महिला रहेका छन् । त्यस्तै वडा नंं. ७ का २१ र ५२ वर्षीय पुरुष र वडा नम्बर ८ की ६२ वर्षीया महिला रहेका छन् ।

आज संक्रमण पुष्टि भएका सबै समुदायका स्तरका हुन् । हाल सम्म दमकका १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५६ पुरुष र १३ महिला गरी ६९ जनाले कोरोना जितिसकेको छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु