adv

झापामा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि

झापा, १९ भदौ । झापामा आज शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार संक्रमितहरु मेचीनगर नगरपालिका वडा नं. ७ र १० का ४ पुरूष, झापा गाउँपालिकाका वडा नंं. १ का ३ जना पुरुष, गौरीगन्ज गाउँपालिका वडा नं. ५ का १ जना पुरुष, दमक नगरपालिका वडा नं. ६, ७ र ८ का ३ महिला र २ जना पुरुष, कन्काई नगरपालिका वडा नं. ३ र ५ का ८ जना पुरुष र २ जना महिला, भद्रपुर नगरपालिकाक २ जना प्रहरी र कचनकवल गाउँपालिका वडा नं. ७ का १ पुरुष रहेका छन् ।

जसमा ७ महिला र १९ जना पुरुषहरु रहेका छन् ।  झापा गाउँपालिकाक र कचनकवलका संक्रमितहरु भारतबाट आएका हुन् भने अन्य सबै जना स्थानीय बासिन्दा रहेको चौलागाईंले बताए । यो संगै झापामा कुल संक्रमितको संख्या ६४१ पुगेको छ र ४८१ जना डिस्चार्ज भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु