adv

कोरोनाबाट झापा कन्काईकी एक महिलाको वीपी प्रतिष्ठानमा मृत्यु

झापा, २१ भदौ । झापाकी एक कोरोना संक्रमित महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा उपचाररत झापाको कन्काई नगरपालिका –३ की ४५ बर्षीय  महिलाको आइतबार बिहान मृत्यु भएको हो । उनमा भदौ १८ गते कोरोना पुष्टि भएको थियो ।

उनमा दुई दिनदेखि ज्वरो, स्वासप्रश्वासमा कठिन हुनकाु साथै निमोनिया समेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

मधुमेहको रोगी समेत भएको उनि सुरुमा मेची प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना भएकी थिइन् ।स्वास्थ्यमा गम्भीर  समस्या भएपछि त्यहाँबाट १८ गते वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

योसँगै झापा कोभिड–१९ को संक्रमणबाट ३ जनाको ज्यान गएको छ । यसअघि मृत्यु हुनेमा कमल गाउँपालिका र दमक नगरपालिकका १/१ जना छन् ।

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु