adv

झापाको मेचीनगरमा १ चिकित्सक,२ सशस्त्र प्रहरी सहित ६ जनामा कोरोना संक्रमण

झापा,२१ भदौ । झापाको मेचीनगरमा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रमित हुनेमा  एक जना चिकित्सक सहित ६ जना रहेका छन् ।

मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालका अनुसार मेचीनगर ६ घर भई बिर्तामोडस्थीत बिएण्डसी अस्पतालमा कार्यरत २३ वर्षीया १  चिकित्सक रहेकी छिन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल कोडर आउट पोस्ट काँकरभिट्टामा कार्यरत सशस्त्र प्रहरी २१ र २५ वर्षीय २ जना पुरुष ,मेचीनगर ६ कि १८ बर्षीय १ महिला मेचीनगर ७ का  ३४ बर्षीय पुरुष र ,मेचीनगर–६ स्थित होटलको क्वारेन्टिनमा बसेका ३८ वर्षीय ताप्लेजुङका एक जना पुरुष रहेको बरालले  बताए ।

गएको १७ गते काँकरभिट्टाको सामुदायिक भवन होल्डिङ सेन्टरबाट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको टोलीले उनीहरुको पीसीआर परीक्षणका लागि ३७ जनाको थ्रोड स्वाब नमूना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको माइक्रो बायोलोजी विभागमा पठाएको थियो ।

यो संगै  मेचीनगरमा कोरोना संक्रमितको संख्या १२२ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु