adv

बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना भाइरसको संक्रमण भएको छ।

आइतबार उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी गराएका छन्।

उनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान आएको हो। अर्जुनले आफूलाई कोरोना भाइरसको लक्षण भने नदेखिएको बताएका छन्। अर्जुन कपूर पछिल्लो समय आफ्नो आगामी चलचित्रको सुटिङ व्यस्त थिए।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढेको छ। हालसम्म ४१ लाखभन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित बनेका छन् भने ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु