adv

नेपालमा आइतबार ९८० जना कोरोना संक्रमित थपिए ,१ हजार ८१४ जना निको भए

झापा,२१ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१  पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ पीसीआर परीक्षण गरिएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण भएको छ।  देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ।

हाल क्वारेन्टिनमा ४ हजार ७ सय ३ जना रहेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु