adv

झापामा १२ जना स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना पुष्टि

झापा,२० भदौ । झापामा आज आइतबार एकैदिन थप ३१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार पछिल्लो २४ घन्टामा १६ महिला र १५ पुरुष गरि ३२ जनामा संक्रमण पुष्टि भयको जानकारी दिएका हुन् ।

उनका अनुसार आज संक्रमित हुनेहरु मेचीनगर वडा न ६ र ७ का ४ जना पुरुष र १ जना महिला गरि ५ जना  रहेका छन् । १८,२१,२५,३४ र ३८ बर्षका उनीहरु २ जना सुरक्षाकर्मी हुन् भने अन्य भारत बाट आएका हुन् ।

यस्तै विर्तामोड नगरपालिका वडा न :३,,५,६ र ९ का १३ जना महिला र २ जना  पुरुष गरि १५ जना रहेका छन् । उनीहरु ९ देखि ४७ बर्ष उमेर समुहका छन् । जसमा १२ जना स्वास्थ्यकर्मिसहित ३ जना स्थानीय रहेका छन् । जसमा १ जना महिला स्वास्थ्यकर्मी मेचीनगरकी हुन् ।

यसैगरी कमल गाउँपालिका वडा न : ३ का ३ महिला र ८ पुरुष गरि जम्मा  ११ जना स्थानीयबासीमा कोरोना संक्रमण देखिएको छ। उनीहरु २५ देखि ७७ बर्ष उमेर समुहका छन् ।

त्यस्तै आज कन्काई नगरपालिका  ३ की ४५ बर्षिया महिलाको कोरोनासंक्रमणबाट बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु  भएको छ ।

यो संगै झापामा कुल संक्रमितको संख्या ७०७ जना पुगेको छ भने ४८१ जना निको भएर घर फर्किएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु