काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दक्षिण अमेरिकी देश ब्राजिलमा भन्दा पनि धेरै भएको छ । अर्थात संक्रमितको संख्यामा भारत अब विश्वमै दोस्रो स्थानमा छ ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकापछि भारतमा संक्रमितको संख्या धेरै पुगेको हो।
जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार भारतमा कुल संक्रमितको संख्या ४२ लाख चार हजार भन्दा बढी पुगेको छ । ब्राजिलमा संक्रमितको संख्या ४१ लाख ३७ हजार भन्दा धेरै रहेको छ ।
पछिल्लो दिनहरुमा भारतमा संक्रमितको संख्या दैनिक ९० हजारको हाराहारीमा थपिरहेका छन् । भारतमा हालसम्म कोभिड–१९ बाट ७१ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ ।
ज्यान गुमाउनेको संख्यामा ब्राजिल दोस्रो नम्बरमा छ, त्यहाँ एक लाख २६ हजार ६ सय भन्दा बढीको ज्यान गइसकेको छ ।
सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ६२ ला ७६ भन्दा बढी संक्रमित भएकोमा एक लाख ८९ हजारको मृत्यु भएको छ ।
विश्वभर अहिलेसम्म दुई करोड ७१ लाख तीन हजार भन्दा बढी संक्रमित भएका छन् र ८ लाख ८३ हजार भन्दा बढीको ज्यान गएको छ ।

