adv

कोरोनाबाट संक्रमणबाट बिराटनगरमा एक वृद्धको मृत्यु

झापा,२२ भदौ।  मोरङमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको सोमबार बिहान ३ः१५ बजे उपचारको क्रममा मृत्यु भएको हो।

विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको केन्द्रका संयोजक डा दिपक सिग्देलले जानकारी दिए। चिकित्सक सिग्देलकाअनुसार वृद्धमा भदौ ११ गने संक्रमण पुष्टि भएको थियो।

उनी त्यसपछि होम आइसोलेसनमा रहेका थिए । स्वास्थ्यमा समस्या आएपछि गएको शनिबार शनिबार अस्पताल भर्ना भएका थिए। मृतकमा उच्च रक्तचापको पुरानै समस्या थियो।

योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । प्रदेशमा ४३ जनाले ज्यान गुमाइसकेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु