adv
Advertise Expired !

एकै परिवारका ६ जनासहित झापाको कन्काईमा १३ जनामा कोरोना संक्रमण

झापा । झापाको  कनकाई नगरपालिकामा थप १३ जना कोरोना संक्रमित थपिएका छन् ।

हिजो साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कनकाई नगरपालिका स्वास्थ्य शाखालक अनुसार संक्रमितहरु कनकाई वडा नं ७ का ४ जना र वडा नं ३ का ९ जना सबै स्थानीय समुदायकै रहेका छन्  ।

वडा नं ३ का एक परिवारका सबै ६ सदस्यहरुलाई संक्रमण देखिएको स्वास्थ्य शाखाका लक्ष्मी अधिकारीले बताए । उनका अनुसार संक्रमितमध्ये एक जना ७९ वर्षकी बृद्धा रहेकी छन् ।

गत भदौ १६ गते लिइएको ९८ जनाको स्वांवबाट १३ जनामा कोरोना फेला परेको हो । कनकाई ३ मा केही दिनअघि कनकाई नगरपालिकाको डाटा इन्ट्रीमा काम गर्ने एक महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु