
झापा,२२ भदौ। सोमबार झापामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार संक्रमण पुष्टि भएकाहरूमा कनकाई नगरपालिका वडा न : ३ र ७ का १३ जना रहेका छन् । जसमध्ये १२ जना स्थानीयबासी र एक जना भारतबाट आएका रहेका छन्।
त्यस्तै बाह्रदशी गाउँपालिका वडा न ५ का १ जना रहेका छन् । उनी अटो चालक रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
येसैगरि सोमबार संक्रमण पुष्टि भएकाहरुमा विर्तामोड नगरपालिका वडा न : ६ का १ जनामा पनि संक्रमण पुष्टि भएको छ। उनको स्थायी ठेगाना उर्लाबरी भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए ।

