adv

नेपालमा आज एकैदिन एक हजार ७३६ जना कोरोना संक्रमणबाट निको भए,९७९ जना थपिए

काठमाडौँ, २२ भदौ । नेपालमा आज एकैदिन एक हजार ७३६ जना  कोरोना संक्रमणबाट निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका १६, पाँचथरका ६, भोजपुरका १, मोरङका ३९, सुनसरीका ६५, सोलुखुम्बुका १, धनुषाका ४४, महोत्तरीका ३, सप्तरीका १९, सर्लाहीका २०, सिराहाका ४१, काठमाडौँका २९३, काभ्रेका २८, चितवनका १९, दोलखाका ३, धादिङका ४, भक्तपुरका १३, मकवानपुरका ७३, ललितपुरका २०, सिन्धुाल्चोकका ३, सिन्धुलीका १, कास्कीका ३०, गोरखाका १८, तनहुँका ६, नवलपरासीपुर्वका १६, पर्वतका १, लमजुङका १५, कपिलवस्तुका २, गुल्मीका ८, नवलपरासीका २, पाल्पाका ५, प्युठानका १, बर्दियाका ४१, बाँकेका ४२, रुपन्देहीका ४१, कालिकोटका २, जाजरकोटका १, हुम्लाका १, दैलेखका ३, सुर्खेतका १९, कञ्चनपुरका ७, कैलालीका ३, बझाङका १ तथा बाजुराका १ जनामा संक्रमण पुष्टि भएको हो। देशभर हालसम्म १६ हजार २५९ सक्रिय संक्रमित रहेका छन्।

उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार ६९ जना र होम आइसोलेसनमा ७ हजार १९० रहेका छन् । आजसम्म देशभर ४ हजार ७३९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

आज देशभरका ९ हजार २१८ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ७७ हजार ५६३ पीसीआर परीक्षण भएको छ । उपचाररत संक्रमितमध्ये एक सय ७१ जनाको आइसियूमा र २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले बताए ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन सय पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु