मेचीनगर,२६ भदौ । झापाको मचीनगरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार मेचीनगरमा आज २ महिला र १ पुरुष गरि ३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा मेचीनगर वडा नं २ की १ स्थानीय महिला र मेचीनगर वडा नं १० का श्रीमान/श्रीमती गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए ।
उनका अनुसार ति महिला केहि दिन अगाडी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर घर फर्किएकी थिइन् । उपचारकै क्रममा धरानमा उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएकोमा आज पीसीआर पोजेटिभ आएको हो । उनी हाल घरमै होम आइसोलेशनमा छिन ।
यस्तै वडा नं १० का श्रीमान/श्रीमती भारतबाट आएर धुलावारीको होटल क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई धाईजनस्थित आइसोलेशन सेन्टरमा राखिएको बरालले बताए ।
यो संगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १२६ पुगेको छ । १०९ जना संक्रमण मुक्त भई घर फर्केका छन् ।

