झापा,२६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १४, मोरङका ४७, संखुवासभाका १२, सुनसरीका ४४, धनुषाका २, पर्साका ३, बाराका २, रौतहटका २, महोत्तरीका २, रौतहटका ६, सप्तरीका ४, सर्लाहीका ७, सिराहाका ४२, काठमाडौँका ६२०, काभ्रेका ११, चितवनका ७४, धादिङका १, नुवाकोटका ३, भक्तपुरका ३८, मकवानपुरका ५४, रामेछापका १, ललितपुरका ३८, सिन्धुपाल्चोकका २, सिन्धुलीका २, कास्कीका ११, गोर्खाका ६, तनहुँका ८, नवलपरासीपुर्वका ३८, पर्वतका २, लमजुङका ६, स्याङजाका ४, कपिलवस्तुका २८, गुल्मीका २०, दाङका ५, नवलपरासीका ३५, पाल्पाका १२, बर्दियाका १, बाँकेका १८, रुपन्देहीका १०२, रोल्पाका ३, रुकुमपुर्वका ११, रुपन्देहीका १०२, रोल्पाका ३, जुम्लाका १, सुर्खेतका २६, कञ्चनपुरका २, कैलालीका ६७, तथा डोटीका ६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ।

