adv

विश्वब्यापी अनलाईन यलम्वर संगीत प्रतियोगिता-२०७७ हुने

झापा । वार्षिक रुपमा सञ्चालन हुँदै आएको यलम्वर संगीत प्रतियोगिताको छैंटौं संस्करण विश्वब्यापी रुपमा अनलाईनमार्फत आयोजना हुने भएको छ । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले विश्वब्यापी रुपमा सञ्चालन गर्दै आएको प्रतियोगितालाई यो वर्ष भने  अनलाईन मार्फत आयोजना हुने  भएको हो  ।

बिश्वब्यापी माहामारीको रुपमा रहेको कोरोना भाइरसका कारण सामाजिक–साँस्कृतिक जागरणका लागि अभियानका रुपमा सञ्चालन गरिँदै आएको प्रतियोगिताको यस संस्करणलाई अनलाईन मार्फत गरिनेछ । प्रतियोगिताको प्रचारप्रसार विभाग संयोजक पदम थुलुङ राईका अनुसार  विश्वभर रहेका किरात राई समुदायका सहभागीहरुले यो संस्करणमा सहभागिता जनाउनसक्नेछन् ।

किराती इतिहास, मौलिकता, भाषा, संस्कार–संस्कृतिको संरक्षण, प्रवद्र्दन तथा उत्थानको लागि आयोजना हुँदै आएको प्रतियोगिता अन्तर्गत यस श्रृंखलाका लागि आवश्यक नियमहरु निर्धारण गरिएको छ ।

सहभागी प्रतियोगी किरात राई समुदायका हुन अनिवार्य छ । प्रतियोगीले प्राकृतिक अर्थात मौलिक गायकी भएको आवाजसँगैको एमपीफोर फाईल भिडियो आयोजकको ईमेल ठेगाना kiratraikalakar@gmail.com मा २०७७ असोज १७ गतेभित्र पठाईसक्नुपर्ने  छ । उत्कृष्ट ३० प्रतियोगीको भिडियोलाई संस्थाको  Kirat Rai Kalakar नामक युट्युव च्यानलवाट असोज १७ गते नै सार्वजानिक गर्दै ह्वाट्स एप गु्रपमा जोडी अर्को चरणको लागि ट्रयाक उपलव्ध गराउने जनाईको छ ।

साप्ताहिक रुपमा ३० जनावाट २० र २० वाट १० जनामा सिमित गर्दै पाँचौ हप्ता अन्तिम चरणको प्रतिस्पर्धा गराईने  छ । किराती विषयमा सम्वन्धित गीतलाई ट्र्याकमा प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा अनुशासन तथा गायन र किरात राई समुदायप्रतिको प्रतिवद्दतालाई समेत मूल्याङ्कन गरिने प्रचारप्रसार विभागका संयोजक राईले बताए  ।

अन्तिम प्रतिस्पर्धाका लागि आयोजकको तर्फवाट प्रदान हुने अनलाईन प्रशिक्षणहरुमा प्रतियोगीहरु अनिवार्य सहभागी वन्नुपर्ने छ  । प्रतियोगीको गायकी तथा स्वर सुहाउँदो गीत आयोजकले छनौट गरिदिन सक्ने छ ।

प्रतियोगितामा  प्रथम, दोश्रो, तेश्रो र उत्कृष्ट दर्शक छनौटको विजेताले क्रमशः नगद ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैंयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने किरात राई साँस्कृतिक कलाकार संघका केन्दीय अध्यक्ष रामकर राईले बताए  ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु