adv

नेपालमा आइतबार थप १ हजार ३९ जनामा कोरोना पुष्टि,१ हजार १७३ जना निको भए

झापा,२८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, खोटाङका २, झापाका १, मोरङका ७१, सुनसरीका ३, धनुषाका १४, पर्साका ४, बाराका ४, महोत्तरीका ३, रौतहटका १, महोत्तरीका ३, रौतहटका १, सप्तरीका २, सर्लाहीका २२, सिराहाका ३, काठमाडौँका ४८३, काभ्रेका १, चितवनका २७, धादिङका ३४, नुवाकोटका ९, भक्तपुरका ८१, रामेछापका २, ललितपुरका ३३, सिन्धुपाल्चोकका १, कास्कीका ७, गोर्खाका ७, तनहुँका ७, नवलपरासीपुर्वका २०, लमजुङका २७, स्याङजाका ५, कपिलवस्तुका ४, गुल्मीका २, दाङका १, नवलपरासीका ८, पाल्पाका १, प्युठानका २, बर्दियाका ६१, बाँकेका १७, रुपन्देहीका ३१, जुम्लाका २, दैलेखका १, रकुमपश्चिमका १, सुर्खेतका ७, अछामका २, कञ्चनपुरका १४, कैलालीका ७, तथा डढेलधुराका ३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५  जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ। ६ हजार ५ सय ३६ जना क्वारेन्टिनमा छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु