झापा,२९ भदौ । नेपाली बजारमा सुनको मूल्य सोमबार बढेको छ। आइतबार ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले बढेर ९६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

