
झापा । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ।
स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो। उनी अहिले सोल्टी होटलको आइसोलेसनमा छन्।
लामाले आइतबार स्वाब दिएका थिए। सोमबार बिहान रिपोर्ट आएसँगै आफू आइसोलेसनमा भर्ना भएको उनले बताए।
यसअघि पनि नेपाल एयरलाइन्सका एक दर्जन उडान कर्मचारीमा कोरोना देखिएको थियो ।
उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ।

