
दमक ,३१ भदौ । झापाको दमकमा आज ८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसारआज पोजेटिभ देखिएकामा एक महिला र ७ जना पुरुष रहेका छन् ।
संक्रमितहरु दमक १, ५, ८, ९ र १० का १ ,१ जना र वडा नम्बर ४ का तीन जना रहेका छन् । उनीहरु सबै स्थानीयबासिन्दा रहेका छन् ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा हिजो रिपोर्ट होल्ड गरिएका १२ जना मध्ये ८ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको क्वारेन्टाईन व्यवस्थापन समितिका सदस्य सचिव कुवेर भट्टराईले जानकारी दिए ।
आज ८ जना थपिएसंगै दमकमा कुल संक्रमितको संख्या १३७ पुगेको छ । उनीहरु मध्ये १ सय जना उपचार पछि निको भई घर फर्किएका छन्।

