झापा ,०२ असोज । झापामा आज शुक्रवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चम्लागाईका अनुसार १ महिला र ३ पुरूषमा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार संक्रमितहरू शिवसताक्षी नगरपालिका वडा न : १,५ र ६ का १ महिला र २ जना पुरूष रहेका छन् । उनीहरूमध्ये दुई पुरुष दुवई र कुवेतबाट आएर क्वारेन्टिनमा बसेका हुन् भने, एक महिला स्थानीयबासी हुन् ।
यसैगरी कन्काई नगरपालिका वडा न : २ का १ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी स्थानीय बासिन्दा हुन् ।
योसंगै झापामा कोरोना संक्रमितको संख्या ७८४ पुगेको छ ।

