adv

नेपालमा एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि

झापा,०२ असोज । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६१ हजार पाँच सय ९३ पुगेकाे छ । गएको २४ घण्टामा दुई हजार २० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १, झापाका ६, भोजपुरका २, मोरङका ११८, सुनसरीका ५८, धनुषाका ९, पर्साका १७, बाराका ७८, रौतहटका ६, सप्तरीका ४५, सर्लाहीका २, सिरहाका १९, काठमाडौँका ६९८, काभ्रेका ६, चितवनका १९१, दोलखाका १, धादिङका १४, नुवाकोटका ६, भक्तपुरका ८२, मकवानपुरका ३०, रामेछापका ६ र ललितपुरका ७९ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकका ३, कास्कीका ८६, गोरखाका १२, तनहुँका ५, नवलपरासीपूर्वका ३९, लमजुङका ६, अर्घाखाँचीका ९, कपिलवस्तुका ६, गुल्मीका ६, दाङका २४, नवलपरासीका ४१, पाल्पाका ३, प्यूठानका १, बर्दियाका १८, बाँकेका २, रुपन्देहीका ८६, रोल्पाका ९, दैलेखका १, रकुमपश्चिमका २३, सुर्खेतका ११७ , अछामका १६, कञ्चनपुरका ७, कैलालीका १७, डोटीका १, बझाङका १, बाजुराका ३ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो।

गएको २४ घण्टामा ११ हजार चार सय ५८ जनाकाे पीसीआर परीक्षण गर्दा दुई हजार २० जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा आठ सय ७१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४३ हजार आठ सय २० पुगेको छ ।

अब नेपालमा १७ हजार तीन सय ८३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार सात सय ३६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ९० पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु