
मेचीनगर,०२ असोज । झापाको मेचीनगर १० रघुवीरबाडीस्थित धुलावारी क्याम्पसमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन हुने भएको छ ।
मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचायृको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलन गरी धुलावारी क्याम्पसमा कक्षा सञ्चालनका लागि सवै तयारी भएको जानकारी गराएको हो ।
मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीको साझेदारी कार्यक्रम अन्तर्गतको यस इन्स्टिच्युटमा आर्किटेक इन्जिनियरिङ र सुचना प्रविधिको २ वटा कार्यक्रममा ४८/४८ जना विद्यार्थीले अध्ययन गर्न पाउने नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा इन्स्टिच्युटका प्रमुख व्यवस्थापक होमनाथ भण्डारीले बताए ।
प्रमुख प्रशासक पुष्पराज पौडेलले नगरका तीनवटा कलेजमा विभिन्न विषयमा अध्ययन गराउने तथा विद्यार्थीहरुको तानातान आफूले चाहेको विषय पढन टाढा टाढा धाउनुपर्ने बाँध्यताको अन्त्यका लागि समेत धुलावारीमा प्राविधिक विषयको पढाई शुरु गर्न लागिएको बताए ।
उनका अनुसार प्रत्येक कार्यक्रमका लागि एकमुष्ट रकम १ लाख ९० हजार निर्धारण गरिएको र प्रथम चरणमा भर्ना शुल्क र सेमेस्टर शुल्क गरी ६५ हजार जम्मा गर्नु पर्ने छ ।

कार्यक्रम संयोजक तथा प्रिन्सिपल इन्जिनियर रुद्र मैनालीका अनुसार मेचीनगरक्षेत्रमा प्रविधिक शिक्षा उच्च तहको अध्ययनको आवश्यतकालाई मध्य नजर गरी न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीइभिटीबाट सम्बन्धन लिई आर्किटेक्चर इन्जिनियरिङ र सुचना प्रविधि को ३ वर्षे डिप्लोमा तहका २ वटा कार्यक्रम सञ्चालन हुनेछन्।
आगामी मंसिर ७ गतेबाट सुरु गर्ने तयारी गरेको कार्यक्रमकाको लागि असोज १५ गते सम्म आवेदन फारम आह्वान गरिएको छ ।
अध्ययनका लागि माध्यमिक शिक्षा परीक्ष मा गणित र विज्ञान बिषयमा न्यूनतम सी ग्रेड तथा अंग्रजीमा डी प्लस गरेको हुनुपर्नै तथा विगतको एसएलसी उतीर्ण विद्यार्थीहरुका हकमा गणित, विज्ञान अंग्रेजी विषयक लिएको हुनुपर्ने आवश्यक योग्यता कायम गरिएको छ ।
नगरप्रमुख विमल आचार्यले यसलाई नगरकै गहनाका रुपमा लिएर सवैले आ आफ्नो ठाउँबाट सहयोग गर्न सवैमा आग्रह गरे । उनले हालको धुलावारी क्याम्पसमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्दा धुलावारी क्याम्पसको अस्तिव्त समेत संकटमा पर्छ कि भन्ने कसैलाई पनि शंका नगर्न आग्रह गदैं धुलावारी क्याम्पसको अस्तित्व कुनै हालतले संकटमा पर्न नदिने प्रतिवद्घता व्यक्त गरे ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘प्राविधिक विषय पढौं स्वरोजगार बनौं ’भन्ने मुलमन्त्रलाई आत्मसाथ गरेर नगरपालिकाले मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको सञ्चालन गरेकाले सबैमा सहयोग र आवश्यक समन्वयको अपेक्षा रहेको बताईन् ।


