adv

चिया मजदुरको दैनिक ज्यालामा ३० रुपैयाँ बृद्धि

बिर्तामोड, २ असोज । चिया मजदुरको दैनिक ज्यालामा ३० रुपैयाँ बृद्धि भएको छ । ज्याला बृद्धि गरिएपछि उद्योग र मजदुरबीचको विवाद पनि टुड्ंगिएको छ ।

चियासम्बद्ध मजदुर संगठन र नेपाल चिया उत्पादक संघबीच बिहीबार चार बुँदे सहमति भएको हो । शुक्रबार बिर्तामोडमा दुवै पक्षका नेताले पत्रकार सम्मेलन गरी विवाद सुल्झिएको जानकारी दिए ।

नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेशकुमार मित्तलका अनुसार चिया उद्यमी मजदुरले पाउँदै आएको न्यूनतम दैनिक ज्यालामा ३० रुपैयाँ बढाउन सहमत भएका छन् ।

श्रमिकले २३१ रुपैयाँ न्युनतम् ज्याला र १५४ रुपैयाँ महँगी भत्ता गरी ३८५ रुपैयाँ पाउँदै आएकोमा नयाँ सहमतिपछि बृद्धि गरिएको ३० रुपैयाँसहित अब ४१५ रुपैयाँ पाउने भएका छन् ।

पटक–पटकको वार्ता र छलफलपछि दुवै पक्षबीच सहमति भएको हो । यो सहमतिअनुसारको ज्याला राजपत्रमा प्रकाशित हुनेछ । कानुनको रुपमा उक्त विषय समेटिएपछि देशभरका चिया क्षेत्रमा लागु हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु