झापा ,४ असोज । झापामा आज आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चम्लागाईका अनुसार ३ जना पुरूषमा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार संक्रमितहरू भद्नरपुर गरपालिका वडा न : ,५ का १ जना पुरूष रहेका छन् । उनी स्थानीयबासी हुन् ।
यसैगरी अर्जुनधारा नगरपालिका वडा न : १ का २ जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुबैजना मलेसियाबाट आएका हुन् ।
योसंगै झापामा कोरोना संक्रमितको संख्या ७९० पुगेको छ ।

