adv

नेपालमा कोरोनाबाट २४ घण्टामा थप १० जनाको मृत्यु,मृतक संख्या ४११ पुग्यो

झापा,४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ महिला र चार पुरुष छन् । यीमध्ये काठमाडौँ उपत्यकाका मात्रै ६ जना छन्।

धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौँका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुष, ललितपुरकी ७५ वर्षीया महिला, भक्तपुरकी ७२ वर्षीया महिला, चितवनका ८० वर्षीय पुरुष, रुपन्देहीका ६७ वर्षीय पुरुष र पाल्पाकी ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ।

योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ११ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु