झापा ,४ असोज । झापामा आज साेमबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित व्यक्ति विर्ताेमाेड नगरपालिका वडा नं. १० का ५० वर्षीय पुरूष रहेकाे स्वास्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चम्लागाईका बताए ।
योसंगै झापामा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ भने नेपालमा कुल संक्रमित संख्या ६५ हजार २७६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । जसमा ४७ हजार २३८ जनाले स्वास्थ्यलाभ गरिसकेर घर फर्किसकेका छन् ।
नेपालमा हालसम्म ४२७ जना काेराेना संक्रमितहरूकाे मृत्यु भइसकेकाे छ ।

