झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, झापाका २, मोरङका १०७, सुनसरीका ११, धनुषाका २ जना संक्रमित रहेका छन् भने पर्साका ५, बाराका १, महोत्तरीका १४, रौतहटका २९, सप्तरीका ४७, सर्लाहीका ७, सिरहाका ४ जना संक्रमित रहेका छन्।
यस्तै काठमाडौँका ५३८, काभ्रेका १०, दोलखाका ३, धादिङका ६, नुवाकोटका ५, भक्तपुरका ७४, मकवानपुरका ३, ललितपुरका ६२, सिन्धुपाल्चोकका १, सिन्धुलीका २, कास्कीका १८, नवलपरासी पुर्वका २, पर्वतका १, अर्घाखाँचीका ७, कपिलवस्तुका ९, नवलपरासीका २४, पाल्पाका ४, प्युठानका ७, बाँकेका १०, रुकुमवुर्वका ९, सुर्खेतका २८, अछामका ३, कञ्चनपुरका ७, कैलालीका ३७, डढेलधुराका ४, डोटीका १, बझाङका १६, बाजुराका १ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सोमबार १ हजार ५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ। हाल ७ हजार ४ सय ३ जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १९६ जनाको आईसीयुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्।

