adv

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

झापा,५ असोज । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ५८ र ७३ वर्षिय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

यस्तै मकवानपुरमा १७, ललितपुरमा ५८ र दोलखामा ५२ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु