adv
adv

अरुण गापामा नेकपाका पुर्व कमाण्डर सहित काङ्ग्रेसका ६० बढि नेता जसपामा प्रवेश

भाेजपुर, ५ असाेज । भोजपुरको अरुण गाउँपालिकामा नेकपा र नेपालि काङ्ग्रेस परित्याग गरि ६० बढि नेता कार्यकर्ता जनता समाजवादि पार्टीमा प्रवेश गरेको छ। सोमबार गाउपालिकाको सदरमुकाम प्याउलिमा एक कार्यक्रम गरि नवप्रवेशिहरुलाई पार्टीमा प्रवेश गराएको समाजवादि विद्यार्थी युनियनका नेता झिल खिम्बुलेले वताएका छन् ।

प्रवेश गर्नेहरुमा नेपालि काङ्ग्रेसका नेता देवि प्रसाद मगर नेवि संघका युवा नेता धिरेन खिम्बुले त्यस्तै नेकपाका नेता तथा पुर्व माओवादी कमान्डर सज्जन राई समाजसेवि युवा अगुवा सन्तोष राई सहितका युवाहरु पार्टी प्रवेश गरेका छन् । त्यस्तै पार्टी प्रवेश गर्नेमा पुर्व स्ववियु सचिव समेत भैसकेका युवा नेता भोज बिक्रम राई पनि रहेका छन् । पार्टीका केन्दृय सदस्य इन्द्रहाङ राईको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सङ्घिय परिषद सदस्य मणिराज राई जिल्ला समन्वय समितिका अध्यक्ष आस कुमार राई सहित जिल्लाका अन्य नेताहरुको बाक्लो उपस्थिति रहेको थियो।

नव प्रवेशिहरुमा सन्तोस राई, धिरेन खिम्बुले, श्रीहाङ राई, मिलन राई जिवन राई देवि मगर चन्द्र मगर रुपेश राई रविन राई फुलमन राई उज्जल राई कालि बहादुर राई सुमन राई सन्जिव राई धिरज तामाङ धन्जित राई पवि राई अस्विन राई मनोज राई सन्तोष मगर दिवस राई प्रकाश राई दिवस तामाङ सागर राई मुकुन्द तामङ जुद्द राई शसिकला राई अन्जना राई भगवती राई कुमान सिङ राई सोम प्रसाद दर्जि भोजन राई जनक राई मानदेव राई दिवस तामङ विशाल मगर शसिकला राई नर बहादुर मगर बुद्द तामाङ विर्ख बहादुर राई रमन राई देश कुमार राई मिल कुमार राई गणेश राई जय बहादुर राई मान बहादुर राई सन्तराज राई मनिराज राई पुस्प राई उज्ज्वल राई दिपक राई मिलन राई अजय राइ देवहाङ राई रहेका छन् ।

नव प्रवेशिहरुलाई प्रवेश गराउदै प्रमुख अतिथि राईले देशमा काङ्ग्रेस ले देश बेचेर खोक्रो बनाएको र नेकपा पनि भाई काङ्ग्रेस नै भएको कारण नेपालको नदि बन जङ्गल बेच्दै अहिले भ्रस्टाचारको नाइके भएको आरोप लगाएका छन् । उनले सुदन किराति र आफु सङ्गै जनयुद्दमा बन्दुक बोकेर राजनितिक ब्यावस्था र जनताको जनजिविका साथै पहिचान समावेशिताको लडै लडेको स्मरण समेत गरे तर मा किराति फोहोर को डङ्गुर भित्र गन्हाउदै आफु सफा भएको स्पस्टिकरण दिदै गाउ गाउमा हिडेको देख्दा आफुलाई सर्मिन्दा लागेको उनले वताए। त्यस्तै सङ्घिय परिषद सदस्य मणिराज राईले नेकपा र काङ्ग्रेस एकल जातिय पार्टि भएको हुदा समाजको अनुहा जस्तो छ पार्टि र राज्यसत्ता पनि उस्तै बनाउन आफुहरु लागि परेको वताएका छन् ।

त्यस्तै जिल्ला अध्यक्ष आस कुमार राईले अवको मुलुकको राजनितिक वैचारिक साङ्गठानिक बिकल्पको रुपमा जनता समाजवादि पार्टी भएको जिकिर गरेका छन् । कार्यक्रममा नव प्रवेशिहरुको तर्फबाट प्रतिबद्दता मन्तव्य सन्तोष राईले राखेका थिए आफुहरु जसपार्को बिचार निति कार्यक्रम मन पराएर पार्टि प्रवेश गरेको वताए । पुराना दल नेकपा र नेका देशको प्रतिगामि र बिचार सिद्धान्त को हिसावले स्खलित भैसकेको हुदा उनिहरु बाट मुलुकले निकास नपाउने पक्का भएकोले आफुहरु जसपालाई बिकल्पको रुपमा स्थापित गर्न लागि पर्ने प्रतिबद्दता जनाएका छन् । कार्यक्रम को अध्यक्ष राज कुमार राई ले गरेका थिए भने सन्चालन सुजन राईले गरेका थिए। त्यस्तै स्वागत मन्तव्य विपन राईले गरेका थिए।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु