adv

करेन्ट लागेर हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजरको मृत्यु

ओखलढुंगा । ओखलढुंगा सिद्धिचरण १२ सिमलडाँडा मोलुङ १ कुन्तादेबी बस्ने २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको छ । मृतक खत्री मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर रहेको छ ।

बुधबार बिहान पौने ११ बजे सिमलडाँडा स्थितमै बिजुली सप्लाईको मेन्टिनेन्सको लागी जम्पर छुटाउन बिजुलीको पोलमा चढेको अबस्थामा बिधुत सट हुदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर पोलमै अड्किएको अवस्थामा उनलाई उद्धार गरी उपचारार्थ सामुदायिक मिसन अस्पताल ओखलढुंगा लगिएकोमा डाक्टरले खत्रीको मृत्यु भईसकेको भनि जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु