adv

भरुवा बन्दुक सहित एक जना पक्राउ

बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिकामा भरूवा बन्दुक सहित एक जन पक्राउ परेको छ ।  राप्तीसोनारी गाउँपालिका १ सुनखरे बस्ने ३७ वर्षीय शान्त बहादुर घर्तीलाई १ थान भरुवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा भरुवा बन्दुक अबैध रुपमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धम प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु