
झापा, ८ असोज । झापाको बिर्तामोडमा नाबालक मृत अवस्थामा फेला परेको छ । विर्तामोड ७ मा बसोबास गर्ने राजु मर्डीको दुई बर्षीय छोरा जिवन मर्डी मृत अवस्थामा फेला परेको हो ।
हिजो बुधबार राती ०९ बजे नाबालक जिवन घरबाट हराई बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान ०६ बजे रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा उनि मृत अवस्थामा फेला परेको अस्थाई प्रहरी चौकी गरामनीमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

