adv

परदेशीको पिडा बोकेको गीत ‘मैले माया लाएको’ भिडियाे सार्वजनिक–भिडियो सहित

तेह्रथुम । पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशनमा तयार भएको ‘मैले माया लाएको’ वोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

टंक लिम्बुको स्वर , भद्रकला आङबुहाङ राईको शब्द र वादल लिम्बुको संगित रहेको गितको भिडियो युट्युव च्यानल मार्फत बिहिबार सार्वजनिक गरिएको हो ।

गरिबीको कारण भरखरै घरजम गरेको श्रीमती तथा घरपरिवारलाई छाडेर परदेसीनुको पिडा साथै घरखेत साहुले खोसिदिने धम्की बारम्बार आईरहने ज्वलन्त वेदनालाई कथावस्तु बनाईएको भिडियोमा मुख्य कलाकारको रुपमा शिखा पयाङयु र विनोद तामाङ  रहेका छन् ।

उमेश नेपालीले खिच्नुभएको भिडियोको दृश्य अनिल रानाले सम्पादन गर्नुभएको छ । बाध्यताले विदेसीले र घरवासीको वेदना समावेस गर्न खोजिएको यस भिडियोमा अथिती कलाकारहरुको रुपमा निर्देशक सेनेहाङ, मनोज दाहाल, राजकुमार तेयुङ र धनुकी लिम्बु रहेका छन् ।

निर्देशक सेनेहाङका भिडियाे सामाजिक परिवेशको दर्शकहरुको औधि रुचाउन सक्ने बनेकाे छ ।

(भिडियाे हेर्न तल जानुहाेस्)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु