adv

चुलाचुली मिडियाकाे कार्यक्रम “समय र सिर्जना”

चुलाचुली ।  इलाम र चुलाचुली मिडिया प्रा.लि.को अफिसियल युटुव च्यानलबाट प्रत्येक हप्ता विहिबार विहान ७ बजे प्रशारण हुँदै आएको कार्यक्रम “समय र सिर्जना” भोली विहिवारबाट ११ औं श्रृंखलामा प्रवेश गर्दैछ ।

आगामी ११ औं श्रृंखला देखि १५ औं श्रृङखला सम्मलाई प्रायोजन गरेर गौरादह नगरपालिका झापा हाल दक्षिण कोरियाबाट बालकृष्ण वान्तवा राई, लक्की रासी बेलडाँगी झापा हाल अमेरिका, राज बराल, बेलडाँगी झापा हाल अमेरिका, उपेन्द्र नेम्बाङ विरही फाल्गुनन्द गाउँपालिका ५ फाक्तेप पाँचथर, हाल दक्षिण अफ्रिका, दीपेन्द्र कट्वाल शनिश्चरे न. पा. वडा नम्बर ८ मोरङ, हाल मसकट ओमन रहने निश्चय भएको छ ।

कार्यक्रम “समय र सिर्जना” मा प्रत्येक विहिबार साहित्य, कला, संगीतमा आफ्नो योगदान पुर्याउदै आउनु भएका एक जना सर्जक संग अन्तरंग कुराकानी गरिदै आएको कार्यक्रम हो ।

हाल सम्म कार्यक्रममा कविहरु पुष्प लोवा, तिलक राई, टंक आचार्य, मुर्तिकार भक्त मेवाहाङ राई, रंगकर्मी अनिल सुब्बा, छन्द कवि विष्णु न्यौपाने, गायिका अपेक्षा तामाङ, कवि सुमित्रा वाङदेल चेली, कलाकार मौसम राई र हाल सर्वाधिक रुचाइएका गायक जन्तरे मामा ९अमित राई० संग अन्तरंग कुराकानी भइसकेको कार्यक्रमलाई कुसङ मुन्धुमिक प्रोडक्स र चौदन्डीगढी डट। कम।ले सहप्रायोजकको रुपमा सहयोग पुर्याउदै आएको छ ।

कार्यक्रम प्रत्येक हप्ताको विहिबार विहान ७ बजे मिडिया चुलाचुलीको अफिसियल युटुव च्यानलबाट प्रशारण हुँदै आएको कार्यक्रम हो भने, कार्यक्रम प्रस्तोता कवि राजकुमार सुब्बा अनिश्चितले संचालन गर्दै आएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु