adv

‘पहिलाे पाइला नेपाल’ दमक शाखाकाे ८ हप्ते सरसफाई अभियान सुरू

दमक । विभिन्न सामाजिक गतिविधिहरू गर्दै आइरहेका पहिलाे पाइला नेपाल दमक शाखाले आठ हप्ते सरसफाई अभियान सुरू गरेकाे छ । आउदै गरेका चाडपर्वलाई लक्षित गरि आआफनो गाउँ टोल सुन्दर र हराभरा बनाइ राख्न सचेतना जगाउँदै पहिलो पाइला नेपाल दमक शाखाले सरसफाई अभियानको शुरुवात गरेको हाे ।

संस्थामा आवद्ध स्वयंसेवक युवाहरुले दमकको गणतन्त्र चोकमा आज बिहानबाट सरसफाई अभियानमा सुरू गरेका छन् । संस्थाका अध्यक्ष दिपक खडकाका अनुसार वातावरण सफा र स्वच्छ राख्न नियमित सरसफाई गरेर आआफनो ठाउँलाई सुन्दर बनाउनुपर्ने सन्देश दिदैं सो अभियानको शुरुवात गरिएको हो ।

यस अघि पनि सो संस्थाले सरसफाई कार्यक्रम बेला बेला सञ्चालन गर्दै आएको भएपनि कोरोना संक्रमणका कारण भिडभाड गर्न नहुने भएकाले कोरोना रोकथाम केन्द्रित गरिएको थियो ।

अझै संक्रमणको त्रास रहिरहेको भएपनि घर टोल वरपर सार्वजनिकस्थलमा समेत सरसफाई गर्न आवश्यक देखिएकाले अभियान शुरु गर्नुपरेको अध्यक्ष खडकाले बताए । संस्थाले यस अघि विभिन्न समस्यामा परेका असहायहरुलाई सहयोग गर्ने, रक्तदान गर्ने तथा समाजमा विशिष्ट योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने जस्ता कार्यक्रम गर्दै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु