adv

झापामा थपिए ४ जना कोरोना संक्रमित ,सबै जना स्थानीय बासिन्दा

झापा,१२ असोज । झापामा आज सोमबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार आज संक्रमितहरु सबै जना पुरुषहरु रहेका छन् ।

संक्रमितहरु मेचीनगर वडा न:३ को ठेगाना भएको र अर्का १ जना पुरुष  खोटांगको ठेगाना भएको सुरक्षाकर्मी रहेका छन् ।

यस्तै झापा गाउँपालिकाका वडा न:६ का  १ जना पुरुष, बिर्तामोड नगरपालिकाका वडा न:८ का  १ जना पुरुष रहेका छन् । आजका संक्रमितहरु सबै स्थानीय बासिन्दा रहेको चौंलागाईंले बताए ।

यो संगै झापा कुल कोरोना संक्रमितको संख्या ८५१ पुगेको छ । जसमा ७७७ जना निको भएका छन् । भने अब ६६ जना उपचारारत छन्।

 झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु