adv

झापाको अर्जुनधारामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

झापा । झापाको अर्जुनधारा नगरपालिकाका दुई वडामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अर्जुनधारा ३ र ९ नम्बर वडाका दुई पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसअघि खुदुनाबारीका व्यक्तिमा संक्रमण पुष्टि भएका व्यक्तिको परिवारका थप एक सदस्यमा संक्रमण पुष्टि भएको छ । योसँगै एकै परिवारका तीन जनामा संक्रमण भएको हो ।

त्यस्तै, अर्जुनधारा ९ का एक व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । उनी काठमाडौँ गएर झापा आएका पुरुष हुन् । उनले भद्रपुरमा स्वाब संकलन गराएका थिए ।

यसअघि छातीको समस्या भएका खुदुनाबारीका ५१ वर्षीय पुरुषलाई उपचार गर्न धरान लगिएको समयमा स्वाब संकलन गरी कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको थियो । उनकै ४७ वर्षीय श्रीमतीलाई पनि संक्रमण पुष्टि भइसकेको छ ।

आज उनकै परिवारका ७३ वर्षीय बुवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ३ नम्बर वडाध्यक्ष जीवनकुमार भण्डारीले जानकारी दिए ।

वडा कार्यालय नजिकै घर भएका ती व्यक्तिमा संक्रमण पुष्टि भएपछि अहिले खुदुनाबारी क्षेत्रमा अघोषित लकडाउन गरिएको छ । अर्जुनधारा ३ को टाङटिङ पुलदेखि उत्तरपश्चिम खुदुनाबारी बजारका पसल, संघसंस्था बन्द गरिएको छ ।

त्यस्तै, २ र ३ नम्बर वडा कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा अर्को सूचना नआइञ्जेलसम्मका लागि बन्द रहेको वडाध्यक्ष भण्डारीले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु